हो_मैले_बिद्रोहको_आगो_सल्काएकै हो

-हेम खड्का- राज

हो हरेक टोलबस्तिमा सचेतनाको राँको जलाएकै हो,
रास्ट्रप्रेमी नागरिकलाई मैले यो आन्दोलनमा बोलाएकै हो।
#तिमि_सक्छौ_आउ_मलाई_नेल_लगाउ,
आउ मेरा बिचारमा प्रतिबन्ध लगाउ,
आउ मेरो स्वाधीन स्क्वाडलाइ दमन गरेर भगाउ।
तर ख्याल गर ६००० वडा बाट म जस्तै कयौं वीर युवाहरू,
किसान र मजदुरहरु उठिरहेका छन्,
हो हेर त श्रमजीवी बर्गको लामो लस्कर लाखौं लाख,
राष्ट्रियताका निम्ति आफै जुटिरहेका छन्।
#मैले_तिमिले_जस्तो_सत्ताको_लोलुप्तामा_मान्छेको_टाउको_काटिन,
हेर मैले तिमिले जस्तो क्रान्तिकारीको लासै लासको आफै मात्रै सत्तामा पुग्ने भर्याङ बनाईन,
टुलुटुलु हेरेर, यो राष्ट्रियता बेचिदा, सार्वभौमसत्ता बेचिदा मौन समर्थन कहिले जनाईन।
#त्यसैले_तिमि_क्रान्तिकारी ? या म ? तिमिले चिहानकै सहिद सङ्ग सोध्न पर्छ।
मेरो मृत्युको रचना तिमिले गर्दैमा के भो र ? म त युगाै युग बाँचेर अनि यो क्रान्ति अघि बढ्छ।।
#हो_मैले_त्यहि_अमर_बिद्रोहको_मसाल_बालेकै_हो,
आउ मेरो झुट्मुट्को भिडन्तको मुचुल्का उठाउ।
महलमा बसेर मेरो क्रान्तिकारी साथीको लास माथी,
सहिदका रगतले सिन्चित त्यहीँ दलाल संसदीय ब्यबस्थाको उच्च रुपमा अधिनायकवाद बनेर उदाउ।
मेरो मशालको स्क्वाड तिम्रो दरबार नेर पुगेका छन्,
घन र हताैडा बोकेर तिम्रा ठुला पर्खाल तोड्दै,
लाखौंको तिम्रो बेडमै धारिलो हसिया समातेर श्रमजीवी हातहरुले तिम्रा घाटिहरु रेट्नेछन्।
हो त्यतिबेला तिम्रा धोका बाट सहिद ग्रहण गर्न बाध्य चिहान बाट म सङ्गै आएर क्रान्तिकारी साथी भेट्नेछन्।
मिठो बर्गियप्रेम र बिजयको संगित सारङ्गिमा रेट्नेछन्।।
#हो_एकदिन_तिम्रा_घाँटि_रेट्नेे_छन्।।।

