२४ घण्टामा थपिए एक हजार १ सय ११ संक्रमित , ८ जनाको मृत्यु



 काठमाडौं । गएको २४ घण्टामा देशभर एकहजार १११ कोरोना सङ्क्रमित थपिएका छन् । यसबीच काठमाडौं उपत्यकामा मात्रै ३७७ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्र २७० संक्रमित थपिएका हुन् । त्यसैगरी ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका हुन् । यो समेत देशभर कोरोना संक्रमितको संख्या  ३५ हजार ५२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच महिला र तीन पुरूष छन्।ललितुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया,  रूपन्देही र बाँकेकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। त्यस्तै काठमाडौंका ४८ वर्षीय, पर्साका ३२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरूषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्