हिमालयन मध्यवर्ती बन उपभोक्ता समितिमा नयाँ नेतृत्व



खगिन्द्रराज बास्तोला

सोलुखुम्बु, ९ भाद्र।खुम्बु पासाङल्हामु गाउँपालिका – ३ मा रहेको हिमालय मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूहको २३ औं साधारण सभा सप्पन्न भएको छ ।

समूहका अध्यक्ष आङदोर्जी शेर्पाको सभापतित्व, खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समूहका अध्यक्ष दावाग्याल्जेन शेर्पाको बिशेष आतिथ्य र खुम्बु पासाङल्हामु गाउँपालिका – ३ का वडा सदस्य फुरतेम्बा शेर्पाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उपाध्यक्ष लाक्पा तेम्बा शेर्पाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लाक्पानुरु शेर्पाले समूहको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाले विधानअनुसार विगतको पुरानो कार्य समितिको विघटन गरी रामकाजी मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपीकिरण राई, सचिव भिक्षु धम्मधीर लाक्पा तामाङ, सहसचिव दावासाङ्गे शेर्पा र कोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पा चयन हुनु भएको छ ।

कार्यक्रम सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय सघ सस्थाका प्रतिनिधि, युवा वर्ष आधारभूत विद्यालयका प्रतिनिधि, महिला समूहका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन भएको हो ।

सदस्यहरुमा कमश: दावा याङ्टी शेर्पा, मिङ्मा नुरु शेर्पा, आङफुटी शेर्पा, ङवाङ कर्साङ शेर्पा, मिङ्माडोमा शेर्पा, सोनामतेन्जी शेर्पा, टशी थेन्डुक राई, चुङ्वा शेर्पा, आङफुरी शेर्पा र ङिमादिकी शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्