खुम्बु पासाङल्हामु: कोभिड-१९ न्यूनीकरण सचेतना तथा थामसेर्कु युवा समूह गठन

खगिन्द्रराज बास्तोला

सोलुखुम्बु,९ भाद्र। खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ३ मा कोभिड- १९ जोखिम न्यूनीकरण सचेतना कार्यक्रम तथा युवा समूह गठन कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका वडा न ३ का वडा अध्यक्ष मिङमाछिरी शेर्पाको अध्यक्षतामा आइतबार आयोजित सो कार्यक्रमको सहजीकरण गर्दै चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले कोभिड-१९ संक्रमण जोखिम न्यूनीकरण सचेतना, समूह व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी धारणा प्रस्तुत गर्नुभएको थियो ।
साथै वडा नं ३ क्षेत्रभित्रको ठाडोकोशीदेखि जोरसल्ले सम्मका ११५ जना युवाहरूको उपस्थित भेलामा आवश्यक छलफलबाट १७ सदस्यीय थामसेर्कु युवा समूह गठन गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । स्थानीय स्तरमा युवा समूह गठन गर्नुको प्रमुख उद्देश्य युवाहरुलाई संगठित एवम् सशक्तीकरण गरी यस क्षेत्रको धर्म, संस्कृति जगेर्ना, वातावरण संरक्षण, पर्यावरण सन्तुलन राख्नको लागि प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनका उपाय अबलम्बन गर्ने, खेलकुद गतिविधिमा युवा सहभागिता, प्राकृतिक प्रकोप रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन, युवाहरुमा अन्तरनिहित ज्ञान, सीप र सिर्जनशीलताको उपयोग, आधुनिक र वैज्ञानिक खेती प्रणालीको अवलम्बन तथा युवाहरुलाई कृषिमा आकर्षित गर्नु रहेको प्रवक्ता शेर्पाको भनाइ छ ।

दावाग्याल्जेन शेर्पाको अध्यक्षतामा गठन गरिएको थामसेर्कु युवा समूहको उपाध्यक्षमा फुनुरु शेर्पा, सचीव ङवाङ शेरे शेर्पा, कोषाध्यक्ष पेम्बानुरु शेर्पा, सहसचीव छेवाङ काल्देन शेर्पा रहेका छन् भने सदस्यहरुमा क्रमशः भिक्षु धम्मधीर लाक्पा तामाङ, अर्जुन बराइली, लाक्पादोर्जी शेर्पा, टाशी शेर्पा, जाङ्बु शेर्पा, छिरिङ राई, ङवाङछिरिङ शेर्पा, छेवाङ नुरु शेर्पा, मिङमा खाण्डु शेर्पा र प्रेम तामाङ लगायत रहेका छन् ।

