।। जन्मभूमी नेपाल हाम्रो ।।

*रामेश्वर राउत मातृदास

हाँसी हाँसी देश निम्ति बलिदान गर्छौं जीवन घाम
जन्मभूमी नेपाल हाम्रो स्वर्गभन्दा महान धाम
गङ्गा हरदम शिरमा बोक्ने गोर्खालीको अमर ताज
पौरखले गर्छौं हामी स्वाधिनतामा निर्भिक राज
धरती भूषण उच्च हिमाल पार्न दिन्नौं कहिल्यै तान
हाँसी हाँसी देश निम्ति बलिदान गर्छौं जीवन घाम
वीरैवीर वीराङ्गनाले गम्किएको हाम्रो माटो
हृदयमा बुद्ध खेल्छन शिवशैल छन मन बाटो
वैरी को हुन मित्र कहाँ छन बुझेकाछौं इज्जत मान
हाँसी हाँसी देश निम्ति बलिदान गर्छौं जीवन घाम
जन्मभूमी नेपाल हाम्रो …
*रारामा, वसिष्ठधाम , निर्झर दिलचेत सिन्धुवस्ती
।२०७७/०२/ १२/०२