चिवाङ गुम्बा जाने बाटोको छेउछाउमा स्टिल रेलिङ फिटिङ सम्पन्न



सोलुखुम्बु , १५ असार।बौद्ध धर्मावलम्बीहरुको आकर्षणको केन्द्र सोलुखुम्बु जिल्लाकै महत्वपूर्ण धार्मिकस्थल चिवाङ गुम्बा जाने बाटोमा स्टीलको रेलिङ फिटिङ कार्य सम्पन्न भएको छ।

गुम्बाका सल्लाहकारसमेत रहेका स्थानीय समाजसेवी सर्कीनुर्बु लामाको आर्थिक सहयोगमा बाटोको छेउछाउमा रेलिङ राख्ने काम भएको चिवाङ गुम्बाले जनाएको छ। गुम्बाको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिए अनुसार स्टिल रेलिङ फिटिङका लागि समाजसेवी लामाले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित आकर्षक धार्मिक तथा पर्यटकीयस्थल चिवाङ गुम्बामा स्टिल रेलिङ फिटिङका लागि सल्लाहकार लामाले गरेको आर्थिक सहयोगका लागि गुम्बाका अध्यक्ष आङदोर्जी शेर्पाले धन्यवाद व्यक्त गर्नुभएको फेसबुक पेजमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्