काठमाडौंको हेम्स अस्पतालमा भेटिए दुई कोरोना संक्रमित



काठमाडौं, २३ जेठ ।शुक्रबार काठमाडौंमा थपिएका दुई कोरोनाभाइरस संक्रमित काठमाडौंको ह्याम्स अस्पतालमा रहेको खुलेको छ । अस्पताल प्रशासनले स्वयं आफ्नो अस्पतालमा कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । यीमध्ये एक जनाको उपचार अस्पतालमा नै हुने भएको छ भने थप एक जनाको उपचार सशस्त्रको आइसोलेसनमा हुने भएको छ ।

ह्याम्समा भेटिएका दुई कोरोनाभाइरस संक्रमित पोखरा र गुल्मीका हुन् ।

आज दिउँसो नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यो जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्