अनलाइन आइसीटी तालिम संचालन हुने



 

काठमाडौ १९ जेठ । रास्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन ) काठमाडौंको आयोजनामा अनलाइन आइसीटी (ICT) तालिम संचालन हुने भएको छ।

२०७७ शाल जेष्ठ २२ देखि २७ गते सम्म ११ बजे देखि संचालन हुने सो तालिममा जुम।गुगल मिट ,माइक्रो सफ्ट टिम ,सिस्को (CISCO) गुगल क्लास रुम र वेवेक्स लगायतका विषयमा तालिम संचालन हुनेछ।

एक विद्यालय बाट बढीमा ५ जना शिक्षक शिक्षिकाहरुले सहभागिता जनाउन सक्ने र सो तालिमका लागि नाम दर्ता गर्नका लागि खुला गरि सकिएको आयोजक नेसनल प्याव्सन जिल्ला समितिका सह सचिव समिर वास्तोला ले जानकारी दीएका छन्।

प्रतिक्रिया दिनुहोस्