‘अब युवालाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान केन्द्रित गरिने छ’- ढुंगेल



काठमाडौं, १३ जेठ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा दोश्रो पटक नियुक्त हुनु भएका माधवप्रसाद ढुंगेलले आगामी कार्यकालमा आफू युवाहरूलाई नस्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुने बताएका छन् ।

ढुंगेललाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकलेआगामी चार वर्षका लागि पुनः कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो।
पहिलोपटक उनी वि.सं. २०७२ फागुन १९ गते चार वर्षका लागि सो पदमा नियुक्त भएका थिए । उनको कार्यकाल गत फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि ढुंगेललाई सिफारिस गरेको थियो । सरकारले वि.सं.२०७२ मा युवा क्षेत्रमा काम गर्ने भनेर गठन गरेको परिषदको पहिलो कार्यकालमा युवालाई संगठित,रचनात्मक,चेतनामूलक काम गरिएको बताउदै ढुंगेलले अब स्वरोजगार र आत्मनिर्भर बनाउने काम गर्ने बताउनुभएको हो।

ढुंगेल तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष र हाल नेकपा केन्द्रीय सदस्य ढुंगेल विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्