डेढ सयको संख्यामा आएका भारतीय जत्थाले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा आक्रमण



भद्रपुर ४ जेठ । भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा शनिबार राती आक्रमण प्रयास गरेपछि दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन्।
आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन्। कचनकवल १ स्थित घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए।

प्रतिक्रिया दिनुहोस्