पशुपतिमा गाँजा, भाङ निषेध



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले बुधबार गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन पाँच हजार स्वयंसेवक खटाइने जानकारी दिए ।
स्वयंसेवकहरुलाई लाइन सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गरिने छ ।
शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा, भाङ सेवन गर्न नपाइने पनि उनले बताए । सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् । सादा पोसाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा तथा दर्शनका लागि चारओटा छुटटाछुट्टै लाइनको व्यवस्था गरिएको र पश्चिम मूलढोका भने विशेष परिस्थितिका लागिमात्र प्रयोग हुने जनाइएको छ । भारतबाट हालसम्म पाँच हजार साधुसन्तहरु आइसकेको र साधुहरुको संख्या बढ्ने कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्