टीकाको उत्तम साइत १०:१९ मा



काठमाडौं, १० कार्तिक । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन टिका मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज देशभर हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

आज देवी विसर्जनको साइत बिहान १० : ११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि गौतमको भनाई छ । ‘राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्