सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त
काठमाडौं,२७ कार्तिक । सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।

नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। न्याय परिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश थिए।


