ओखलढुंगामा जबर्जस्ती करणीको अभियोगमा ४७ बर्षीय कमल बानियाँ पक्राउ



ओखलढुङ्गा,१४ कार्तिक । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको टोलीले उनलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो।

कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भनी परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्