सिन्धुलीमा कांग्रेसको अधिवेशन धमाधम हुँदै

काठमाडौं,१४ कार्तिक । नेपाली कांग्रेसको नियमित महाधिवेशनको क्रममा सिन्धुलीमा अधिवेशन धमाधम भइरहेको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य सरोज मैनालीका अनुसार नियमित महाधिवेशनअन्तर्गतका अधिवेशन भइरहेका हुन् । ‘हामी नियमित अधिवेशन गरिरहेका छौं, उत्साहजनक सहभागिता छ’ मैनालीले भने ‘समयमै महाधिवेशन गर्ने कार्यतालिका अनुसार नै काम भइरहेको छ, जहाँ अधिवेशन भए त्यसमा कुनै समस्या र बिबाद छैन ।’ मैनालीले अधिकांश पालिकाको अधिवेशन भइसकेको बताए । ‘क्षेत्रीय अधिवेशन पनि भव्यरुपमा भइरहेको छ, मंसिर ४ गतेदेखि सातैवटा प्रदेशको अधिववेशन हुन्छ’ उनले भने ‘ंमंसिर २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन गरेर कांग्रेसले नयाँ नेतृत्व छान्ने छ ।’
कांग्रेसले सिन्धुलीको महाधिवेशन गर्न खड्गबहादुर वाइवालाई जिल्ला संयोजक तोेकेको छ भनें अर्पणा खड्का र भगवान भण्डारी क्षेत्रीय संयोजक रहेका छन् । सिन्धुलीमा प्रतिनिधिसभाका दुइवटा क्षेत्र रहेका छन् । नेपाली कांग्रेसका नेता तथा कानुन व्यवसायी रामकुमार माझीेले कानुनीरुपमा सहजता प्रदान गर्दै आएको पार्टीले जनाएको छ ।


