रिहा भए दुर्गा प्रसाई



काठमाडौं,१८ साउन। राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

प्रसाईंलाई जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन् । प्रहरीले अनुसन्धानका लागि भन्दै ७ दिनको म्याद थप गर्न माग गरेको थियो ।

आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता,शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीेले सरकारी वकिल कार्यालयमार्फत उनलाई सोमबार अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्