पानीमा डुबेर विभिन्न जिल्लामा पाँच बालकको मृत्यु



काठमाडौं,१५ साउन । देशका विभिन्न जिल्लामा खोला तथा पोखरीमा डुबेर पाँच जनाको मृत्यु भएको छ।उदयपुरमा पौडी खेल्ने क्रममा तीन बालकको मृत्यु भएको छ।

कपिलवस्तु र सिन्धुलीमा पनि डुबेर एक/एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । देशका विभिन्न जिल्लामा खोला तथा पोखरीमा डुबेर पाँच जनाको मृत्यु भएको छ। उदयपुर, कपिलवस्तु र सिन्धुलीमा भएका छुट्टाछुट्टै घटनामा उनीहरूको मृत्यु भएको हो।

उदयपुरको कटारी नगरपालिका–३ हडैयास्थित हडैया खहरे खोलामा डुबेर तीन जना बालकको बिहीबार साँझ मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही ठाउँका जितु कुमार दनुवारका छोराहरू ११ वर्षीय सुमित कुमार दनुवार, ७ वर्षीय सुगम कुमार दनुवार र अनिल कुमार दनुवारका छोरा ८ वर्षीय आदित्य कुमार दनुवार रहेका छन्। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगर बस्ने ४८ वर्षीय चिनक यादवको घर नजिकै रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ।

यस्तै सिन्धुलीको दुधौली नगरपालिका–१० रातमाटे बस्ने चन्द्र बहादुर लोप्चनका छोरा ९ वर्षीय सरगम लोप्चन तामाङको स्थानीय पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ। डुबेर गम्भीर घाइते भएका उनको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो।

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्