सुनसरी झडपमा थप एकजनाको मृत्यु



काठमाडाै,११ साउन । सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए।

योसँगै उक्त झडपमा परेर ज्यान जानेको संख्या दुई पुगेको छ । यसअघि पनि सोमबार बिहान अर्का एक घाइतेको मृत्यु भएको थियो । मृत्यु हुने दुवै जनाको नाम ओमप्रकाश मेहता रहेको अध्यक्ष मेहताले बताए।

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन लागि प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीबाट ९ जना घाइते भएका थिए ।

झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी पनि घाइते भएका थिए । घाइते सबैको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्