खाल्डोमा जमेको पानीमा डुबेर सिराहाको गोलबजारमा तीन बालबालिकाको मृत्यु



लहान,२८ असार । सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ७ स्थित पुरानो चोकमा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश पालले लोकान्तरलाई जानकारी दिए ।’उनीहरू १०, १२ र १४ वर्षका रहेको स्थानीयले बताएका छन्, एकिन भएको छैन, आधिकारिक पुष्टि हुन बाँकी छ,’ उनले भने, ‘प्रहरी टोली पुगेको छ, अनुसन्धान भइरहेको छ ।’

स्थानीय तथा सुरक्षाकर्मीले उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्