पाकिस्तान प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुल्ला



काठमाडौं,२५ असार । पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (PTAP) अन्तर्गत नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुल्ला आह्वान छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत शैक्षिक सत्र २०२६/२७ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि न सहभागी हुन योग्य नेपाली विद्यार्थीहरूबाट आवेदन आह्वान गरिएको हो। स्नातक तह (B.Sc.) इन्जिनियरिङ र D Pharmacy (डि-फार्मेसी) का लागि उपलब्ध गराइने सो छात्रवृत्तिका लागि सिभिल इन्जिनियरिङतर्फ २ . कम्प्युटर इन्जिनियरिङतर्फ २.इलेक्ट्रिकल इन्जिनियरिङतर्फ २ डि-फार्मेसीका लागि ८ सिट रहेको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ।

IOE पुल्चोकको प्रवेश परीक्षाको योग्यता सूची (merit list) को आधारका आधारमा कक्षा १२ (वा सोसरह) उत्तीर्ण गरेको उम्मेदवारलाई सो छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। दूतावासले इच्छुक आवेदकहरूलाई शिक्षा मन्त्रालयद्वारा प्रकाशित गुगल फारम (Google Form) मार्फत तोकिएको समयसीमाभित्र आवेदन बुझाउन अनुरोध गरेको छ। आवेदकहरूले शैक्षिक ट्रान्सक्रिप्ट, नेपाली नागरिकताको प्रमाणपत्र र IOE प्रवेश परीक्षाको स्कोर कार्ड लगायतका आवश्यक कागजातहरू पनि पेस गर्नुपर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्