पूर्ब प्रधानमन्त्री शेरबहादुर पुत्र जयबीरलाई सम्पत्ति शुद्धीकरण बिभागको निम्तो,उपस्थित नभए पक्राउ गरिने
काठमाडौं,२३ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको जनाएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई विभागमा उपस्थित हुन सूचना जारी गरिएको हो ।विभागले सम्बन्धित सूचनाको प्रति निवासमा टाँसेको बताएको छ।
विभागका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही सोध्नुपर्ने भएकाले सूचना प्रकाशित गरिएको उल्लेख छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालय रहेको भवनमा रहेको विभागको कार्यालयमा उपस्थित हुन विभागले आग्रह गरेको छ ।

