संसद्को कुनामा एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको प्रचण्डको दुखेसो
काठमाडौँ,२१ असार । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
संसद्को कुनामा एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको दुखेसो गरेका छन् ।

पार्टीको उपत्यका प्रदेश समितिको कार्यक्रममा उनले सो गुनासो गरेका हुन्।
पद र पैसाको लोभले आफूसमेत अहिले संसद्मा सानो पार्टीको सांसदको भूमिकामा सीमित हुन पुगेको भन्दै उनको भनाइ थियो।प्रचण्डले संघमा प्रधानमन्त्री, मन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र मन्त्री बन्ने लोभ र बिचौलियाहरूसँगको साँठगाँठका कारण आफूहरू अहिलेको अवस्थामा आइपुगेको स्वीकार पनि गरे। उनले विगतमा ठूलो क्रान्ति र त्याग गरे पनि पुराना संसदीय दलको सिको गर्दा अहिले यो अवस्थामा पुगेको तर्क गरे।
‘हामीलाई लाग्यो- अरुले गरेका छन् भने हामीले गर्न किन नहुने?’उनले भने,‘पदका लागि,प्रतिष्ठाका लागि,पैसाका लागि दलालसँगको साँठगाँठमा लाग्यौँ। त्यसैले जनतामा हामीप्रति वितृष्णा उत्पन्न भयो। हामी अहिलेको अवस्थामा आइपुगयौँ।’गल्ती गर्दैनौँ भन्दै सानासाना गल्ती दोहोर्याउँदा ठूलै गल्ती भएको भन्दै प्रचण्डले आत्मालोचना गरे । file foto

