चलचित्र कलाकार संघ अमेरिका शाखाको सहयोगमा स्वर्गीय खेम शर्माको पुण्यतिथिमा भोजन वितरण
काठमाडौं,२० असार । विशिष्ट हास्य कलाकार स्वर्गीय खेम शर्माको १३ औं दिनको पुण्यतिथिको अवसरमा काठमाडौंका विभिन्न सामाजिक संस्थाहरूमा आश्रित असहाय,वृद्धवृद्धा बालबालिका,अपांगता भएका व्यक्तिहरूलाई नेपाल चलचित्र कलाकार संघका पुर्वअध्यक्ष तथा सल्लाहकार रविन्द्र खड्का , संघका अध्यक्ष उत्तम केसी,वरिष्ठ उपाध्यक्ष शिवहरि बैरागी,उपाध्यक्ष पुजना प्रधान,महासचिव सुनिल कटुवाल,सचिव गोपाल ढकाल छन्दे,सदस्य जीवन थापा,सदस्य श्रीदेव भट्टराई,सदस्य इन्द्र दोङ्ग खम्बे,सदस्य चन्द्रकला राई लब्ली,कलाकार नवराज दुरा,सानिया खान लगायतका टोलीको सक्रियतामा भोजन गराइएको हो । नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखा (FAAN, USA) को समन्वय र आर्थिक सहयोगमा उक्त मानवीय कार्य सम्पन्न भएको हो।

नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्कीको नेतृत्वमा त्यहाँ बसोबास गर्ने नेपाली कलाकार, प्राविधिक तथा चलचित्रप्रेमीहरूबाट संकलित रकममार्फत विभिन्न चारवटा आश्रमका आश्रितहरूलाई भोजनको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
जसअन्तर्गत अपाङ्ग सरोकार केन्द्र माछापोखरी,संयुक्त एकता आवाज केन्द्र गोकर्णेश्वर,मानव सेवा आश्रय बनस्थली,हिमालय बृद्धाश्रम केन्द्र टोखा ९ गोंगबुमा रहेका करिब ४५० जनालाई भोजन वितरण सम्पन्न गरिएको थियो ।
कार्यक्रमका अवसरमा नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष उत्तम केसीले प्रवासमा रहेर पनि देशको माटो र आफ्ना नागरिकप्रति उत्तरदायित्व वहन गर्दै सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो।
उक्त सामाजिक कार्यका लागि अमेरिकाबाट अध्यक्ष दिनेश कार्कीको संयोजकत्वमा राहुल/उषा केसी, विश्व पौडेल, महेश्वर घिमिरे, खेम बोहरा, अनिल संग्रौला, राजु केसी, किशोर सुब्बा,सुरेश दाहाल,कृष्ण श्रेष्ठ, अरुणा कार्की, अन्जु दमाई, शंकर वाग्ले, शान्ति भण्डारी, गोपालचन्द्र लामिछाने, सुन्दर श्रेष्ठ, सुमन दाहाल, अशोक श्रेष्ठ, राजेन्द्र रायमाझी, दिनेश थापा, रुपा राना, महादेव त्रिपाठी, सूर्य थोकर, राजेश ढुंगाना, र दिनेश/मोहन कार्की लगायतका कलाकर्मी तथा दाताहरूले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।
आयोजक संस्थाले सहयोगी सम्पूर्ण दाताहरू तथा कार्यक्रम सफल बनाउन स्थलगत रूपमा खटिने टोलीप्रति धन्यवाद ज्ञापन गर्दै स्वर्गीय शर्माको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

