थुलुङ दुधकोशीमा आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम सम्पन्न



सोलुखुम्बु,१७ असार । थुलुङ दुधकोशी गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि आयोजित सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित उक्त तालिम बुधबार सम्पन्न भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उक्त तालिममा पालिकाभित्रका विभिन्न विद्यालयका ३८ जना आईटी स्रोत शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य विद्यालयमा सूचना प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल शिक्षण सिकाइ तथा शिक्षकहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नु रहेको शिक्षा शाखाले जनाएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सविता राईको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले शैक्षिक गुणस्तर सुधार सबै पक्षको सहकार्य, लगनशीलता र साझा प्रतिबद्धताबाट मात्र सम्भव हुने बताउनुभयो।

शिक्षा शाखा प्रमुख कुमार खड्काले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा शाखा दिनरात तथा सार्वजनिक बिदाको समेत प्रवाह नगरी निरन्तर काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यवाहक अध्यक्ष सविता राईले विद्यालयको शैक्षिक गुणस्तरका सूचकहरू पूरा गर्न शिक्षक,विद्यालय र सरोकारवाला सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो।

तालिमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक पर्शुराम राजवंशी, सूचना प्रविधि अधिकृत रोशन राई तथा शिक्षा शाखाका नविन्द्र राईले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्