रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ
काठमाडौं,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेसँग नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका हुन्।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित चिनो र प्रमाणपत्र प्रदान गरेका छन्।

