पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती



काठमाडौँ,१७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ।

निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल, मट्टितेल,हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यो कटौतीपछि विभिन्न क्षेत्र (वर्ग) अनुसार नयाँ मूल्य कायम भएको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्