१६७ भाषामा अध्ययन गर्न मिल्ने गरी नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइनमा



काठमाडौं,१७ असार । नेवारहरुकाे ज्ञानको भण्डारकाे रुपमा रहेको  नेवाः सांस्कृतिक ज्ञानकोषकाे अनलाइन संस्करण  एक समारोहमा सार्वजनिक गरिएको छ  । काठमाडौ महानगरपालिकाकाे सहयोगमा  नेपालभाषा एकेदेमिले प्रकाशन गरेकाे उक्त ज्ञानकोषकाे अनलाइन संस्करण  महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेका हुन् ।

याे संस्करण  रञ्जना र नेपाल लिपिमा पनि लिपि परिणत गरि अध्ययन गर्न सकिने  व्यवस्था गरिएको छ । यस्तै गरि सामग्री  संक्षेपीकरण गर्न मिल्ने गरि एआई प्रविधि पनि  यसमा राखिएको छ ।

साे कार्यक्रममा ज्ञानकोषकाे अनलाइनका साथै मोबाइल भर्सन पनि सार्वजनिक गरिएको छ । हालाई एन्ड्रोइडमा मात्रै डाउनलोड गर्न मिल्ने र पछि  आइओएसयूनमा पनि उपलब्ध हुने बताइएको छ  ।

साे समारोहमा प्रमुख अतिथि महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले नेवाः संस्कृतिकाे क्षेत्रमा याे एउटा  महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । 

त्यस्तै गरि अनलाइन नेवाः ज्ञानकोष योजनाका प्राविधिक प्रमुख एवम्  एकेडेमिका प्राज्ञ परिषदका प्राज्ञ डा. ऐलेन बैलोचन तुलाधरले डिजिटल संस्करणमा  समावेश भएका  विषय वस्तु बारे प्रकाश पार्नु भयो  । अनलाइन संस्करणमा ज्ञानकोषका विषय मात्रै डिजिटाइजेशन भएको नभई  प्राविधिक विधिलाई पनि समावेश गरेको कुरा प्राविधिक प्रमुख तुलाधरले बताए  ।

उनले यसमा  डिजिटाइज का साथै  ट्रान्सलेसन इन्जिन र  टेक्सट टु स्पीच प्रविधि पनि विकास गरि समावेश गरेको बताए  । नेपालभाषा एकेडेमिका चान्सलर एवम्  ज्ञानकोष परिकल्पनाकार मल्ल के. सुन्दरले ज्ञानकोषलाई डिजिटाइज यगर्न  डा. एलेन बैलोचन तुलाधरले अभुतपुर्व कार्य गरेको बताए  । यस्तै गरी  ज्ञानकोषकाे प्रकाशनमा आर्थिक रुपले काठमाडौ  महानरपालिकाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

एकेडेमिका भाइस चान्सलर डा.पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य राखेको यस कार्यक्ररममा काेषाध्यक्ष वीरप्रसाद भंसारीले धन्यवाद ज्ञापन गरेका थिए भने सदस्य सचिव महेन्द्र गाेपाल कर्माचार्यले कार्यक्रम सन्चालन गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस्