आज र भोलि रास्वपाले जिल्ला अधिबेशन गर्दै



काठमाडौं,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन सुरु भएको छ । रास्वपाले आज र भोलि जिल्ला अधिवेशन गर्दै छ । आज र भोलि जिल्ला अधिवेशन गर्ने रास्वपाको जेठ २६ देखि असार १ सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन चितवन हुनेछ ।

यसअघि तालिकाअनुसार, जेठ २ मा वडा भेला (समिति गठन नभएका वडाहरूमा), जेठ ३ मा वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा), जेठ ९ मा पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा), जेठ १० मा पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका), जेठ १६ मा वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा), जेठ १७ मा पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) रास्वपाले गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्