असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन
काठमाडाैं,७ जेठ । सरकारले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुधबार शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेकोले असार १ गतेदेखि नै पढाइ शुरू हुने उल्लेख गरिएकाे छ ।

