प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न
काठमाडौं,४ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको संसदीय सम्पन्न भएएको छ। मंगलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिएपछि शर्माको सुनुवाइ सकिएको हो।

सुनुवाइ सकिएकाले सुनुवाइ समितिले आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम अनुमोदन गर्दैछ। समितिले शर्माको नाम अनुमोदन गरे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।
संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ।संवैधानिक परिषदले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक परिषदले चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

