निर्देशक समाजको सचिव पदमा दिनेशको उम्मेदवारी



काठमाडौं,४ जेठ । उर्जाशिल युवा चलचित्र निर्माता तथा निर्देशक दिनेश लिङदेन चलचित्र निर्देशक समाजको १८ औं वार्षिक साधारण सभासंगै भोलि जेठ ५ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा सचीव पदको लागि उम्मेदवारी दिनु भएको छ भने अग्रज व्यक्तित्व एवम् सहकर्मी मित्रहरूबाट अत्याधिक मतले बिजयी गराउनु हुन्छ भन्ने आशा व्यक्त गर्नु भएको छ ।

निर्देशकहरूको सम्मान, उद्योगको पुनर्जागरण, पहिचान, प्रवद्र्धन र संरक्षणमा आफ्‌नो प्रतिबद्ध रहने र नेपाली चलचित्र उद्योगलाई थप सशक्त, सिर्जनशील र व्यवस्थित बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उहाँले बताउनु भएको छ ।

झण्डै दुई दशक देखि नेपाली चलचित्रको क्षेत्रमा निर्माण, दिर्नेशकको रुपमा कार्य गर्दै आइरहनु भएका दिनेश लिङ्देनले चलचित्र मातृभूमि, दि क्राइम, रीत, शान्ति,अञ्जली,तलास,खोजतलास जस्ता चलचित्र निर्माण, निर्देशन गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्