प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहको खोजी,स्थगित भयो संसद बैठक
काठमाडौं, ३० बैशाख । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाहको खोजी गर्दै विपक्षी दलहरुले सामूहिकरुपमा विरोध जनाउंदै नाराबाजी गरेपछि बैठक केही समयका लागि स्थगित भएको हो। प्रधानमन्त्री शाहले आफू उपस्थित नभइ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिकाे छलफलमा सहभागी हुने जानकारी पठाएका थिए ।
सत्तारूढ दलका सांसदहरूले प्रतिनिधि सभा नियमावलीको दफा ३८ अनुसार प्रधानमन्त्री तोकेको मन्त्रीमार्फत छलफल अघि बढाउन माग गरेका थिए । तर, विपक्षीहरूले प्रधानमन्त्रीकाे उपस्थिति अनिवार्य रहेकाे तर्क गरेका थिए ।
बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नियमावलीअनुसार प्रधानमन्त्रीले ताेकेकाे मन्त्रीले बाेल्न मिल्ने तर, जवाफ दिने बेलामा आउनुपर्ने बताएका थिए । यद्दपि, कांग्रेसकै अन्य सांसद, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृतिका सांसदले भने प्रधानमन्त्रीकाे उपस्थिति अनिवार्य भएकाे तर्क पेश गरेका थिए ।

