काठमाडौं महानगरपालिकाले जेठ १ गतेदेखि छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गर्ने
काठमाडौं,३० बैशाख । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ ।

महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो । अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ ।
छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने भएकाे हाे । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

