एसईई परीक्षाको नतिजा सार्बजनिक
भक्तपुर, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।
परीक्षा बोर्डका अनुसार ६५. ९८ प्रतिशत ग्रेडेड भएका छन् । यस वर्षको एसईईमा देशभरबाट करिब ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो।
बोर्डले ‘एसएमएस’, ‘आइभीआर’ र विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिने आधिकारिक व्यवस्था मिलाएको छ ।
कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
– आधिकारिक सरकारी साइट : www.see.gov.np र www.neb.gov.np
– नेपाल टेलिकम : www.see.ntc.net.np
– कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
– इडियु सञ्जाल : www.see.edusanjal.com
– खल्ती : https://khalti.com/app

