गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
काठमाडौं,२७ वैशाख । गायक कुमार पौडेलको बिल्कुलै नयाँ गित ‘युपी बिहार’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘युपी बिहार’ बोलको यस गितमा अहिलेको चर्चित गायिका शान्ति श्री परियार र गायक कुमार पौडेलको स्वर सुन्न सकिन्छ । यस गितको भिडियो केही दिनअघि मात्र सार्बजनिक गरिएको हो । यो गितले दर्शकको मन जित्न सफल भएको बताइएको छ । दर्शक र श्रोताको मन जित्नेगरी आफूले गित सार्वजनिक गरेको पनि पौडेलले बताए ।

गायिका शान्ति श्री परियारसँगको यो पहिलो सहकार्य भएको गायक पौडेल बताउँछन् । यस गितमा शब्द र संगीत गितकार÷संगीतकार रमेश परियारको रहेको छ । ओजन स्टुडियोमा रेकर्ड भएको यस गितको अरेन्ज बिश्वाश नेपालले गरेका हुन् भनें ध्वनि सम्पादन बिनोद परियारले नै गरेका छन् ।
भारतको आसाममा जन्मिएका गायक पौडेलका दर्जन बढी गितहरु बजारमा सार्बजनिक भईसकेका छन् । बाल्यकालको पढाइलेखाई उदयपुरमा सकेका गायक पौडेल नेपाल सरकारको प्राविधिकअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्का टेबुलटेनिस प्रशिक्षक पनि हुन् । उनले अष्ट्रेलिया, जापान, मलेशिया, कतारलगायतका देशको भ्रमणसमेत गरिसकेका छन् । उनी विभिन्न विधाका गित गाउने भएपछि उनको चर्चा थप चुलिएको छ ।
करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोलाई नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् । जसको कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका हुन् । भिडियोमा सन्तोष दुवाडी, रन्जित पौडेल, नितु परियार, प्रतिक्षा खत्री आदि फिचर्ड भएका छन् । यस गितको म्युजिक भिडियो रन्जित पौडेलको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक भएको छ ।

