पहिलो पटक सातै प्रदेशमा कृषि गणना गरिने
काठमाडौं,२१ बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ।

सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो । गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्यांक संकलन गरेका छन् । तथ्यांक प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ ।
मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्यांकका आधारमा कृषि क्षेत्रको विकासका लागि आवश्यक राष्ट्रिय नीति नियम बनाउन तथा त्यसलाई कार्यान्वयनमा लैजान सहयोग पुग्ने जानकारी दिए ।
पहिलो चरणमा स्थानीय तहका कृषि प्राविधिक किसानको घरदैलोमा पुगेर कृषिमा कृषकको पहुँच, मलबिउको प्रयोग, मूल्य भण्डारणको संरचना, सिँचाइको प्रयोग, प्रविधिको प्रयोग, वित्तीय पहुँच, कृषि सेवा पहुँच, बिमा, कृषि पशुको उत्पादनको अवस्थालगायतका विषयमा प्रश्न सोधेर तथ्यांक संकलन गरिने जनाइएको छ ।

