विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको शेखर समूहको निष्कर्ष
काठमाडौँ,१७ बैशाख । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको निष्कर्ष निकालेको छ ।

काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा बिहिवार भएको भेलामा बोल्ने नेताहरूले सो निष्कर्ष निकाल्दै पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापतिकै रहेको बताएका छन् । छलफलमा सहभागीहरूले १५ औँ महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेको डा. कोइरालाको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ।
छलफलमा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्ती डा. शशांक कोइराला, पूर्वसहमाहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा पूर्वकेन्द्रीय सदस्यहरूबलबहादुर केसी, एनपी साउद, दिपक गिरी, संजय गौतम, शिब हुमागाँई, राजिव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, गणेश लामा सहभागी थिए।
सङ्घका सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गिता देवकोटा, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईं, नानू दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ सभापति रामनाथ अधिकारी,नुवाकोट सभापति रमेश महत, चितवन सभापति राजेश्वर खनाल, मकवानपुर उपसभापति धर्म लामिछाने, सिन्धुली सचिव ईश्वर बस्नेत, काठमाडौँ महानगर सभापति निलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्व सांसद नरोत्तम वैद्य र बिजुला बर्मा कीर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दल पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाल लगायत सहभागी थिए।

