युवा संगीतकार रुपेशको ‘ओ सानी’ गीतको भिडियोमा रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको अभिनय
काठमाडौं,१५ बैशाख । गीत संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल युवा गायक तथा संगीतकार रुपेश डङ्गोलको संगीत सिर्जनामा नयाँ गीत ‘ओ सानी’ को रेकर्डिङ सम्पन्न भएको छ ।

बिगत लामो समय देखि गीतसङ्गीत मार्फत आफ्ना श्रोता तथा दर्शक माझ सांगीतिक कोसेली पस्कदै आएका गायक, संगीतकार रुपेश डङ्गोलको संगीतमा ‘ओ सानी तिमि नै मेरो दिलको रानी’ गीतको भिडियोमा रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको अभिनय रहने छ ।
भुपेन्द्र बज्राचार्यको शब्द र संगीतसंयोजन रहेको गीतको भिडियोमा श्रीमान, श्रीमती बीचको पारिवारिक झगडालाई दर्शाउने प्रयास गरिने बताईएको छ ।

