सुरज र अनुको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक
काठमाडौं,१५ बैशाख ।‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ । यस गीतमा सुरज पौडेल र अनु चौधरीको सुमधुर स्वर रहेको छ भने गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंले संगीत तथा एरेन्ज गरेका यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।

गीतको भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीले कोरियोग्राफी गरेका छन्। भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मेकअप एकता भण्डारीले गरेकी छन भने सम्पादन सौखिन तिमल्सिनाको रहेको म्युजिक भिडियाेका निर्माता निल प्रसाद ईटनि रहेका छ्न ।गायक सुरज पौडेलको आज सार्वजनिक भएको म्युजिक भिडियो १० औ भिडियो हो ।आज सार्वजनिक भएको भिडियो म्युजिक भिडि यो म्युजिक मन्त्र युट्युब च्यानलमा सार्बजनिक गरीएको छ ।
भिडियोको छायांकन गुन्डु, भक्तपुरमा गरिएको भिडियोमा डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।

