नेकपाको महाधिवेशन आगामी मंसिरमा,११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन
काठमाडौं,१४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११-१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो । एक नेताकाअनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने तय भएको छ ।

त्यस्तै,असारदेखि साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण गर्ने काम सकेपछि तल्लो तहको अधिवेशन गर्ने उल्लेख छ ।१५ भदौसम्म वडा अधिवेशनहरू सम्पपन गर्ने, भदौ मसान्तसम्म पालिका अधिवेशनहरू सक्ने उल्लेख छ ।
असोज मसान्तसम्म जिल्ला अधिवेशन, १५ कात्तिकमा प्रदेश अधिवेशन सकेपछि राष्ट्रिय महाधिवेशन हुनेछ ।
बैठकले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल समेत गठन गरेको छ।कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।

