कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
काठमाडौं,१४ बैशाख । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
गएको शुक्रबार गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो । कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार, आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको छ ।

