भत्क्यो थापाथलीस्थित सुकुम्वासी बस्ती,गैरीगाउँमा पनि आजै भत्काईने



काठमाडौं,१२ चैत । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती भत्काइसकेको काठमाडौं महानगरको नगरप्रहरी केही समयमा गैरीगाउँतर्फ जाने तयारीमा छ ।

“अबको केही समयमै हाम्रो टोली गैरीगाउँतिर मुभ हुँदै छ,” नगरप्रहरी प्रमुख विष्णु जोशीले भने, “हाम्रो टोलीले गैरीगाउँको सुकुम्वासी बस्ती पनि आजै खाली गर्नेछ ।”

बिहान साढे ८ बजेबाट थापाथलीस्थित सुकुम्वासी बस्तीमा महानगरको नगरप्रहरीले डोजर चलाउन सुरु गरेको थियो । थापाथलीमा सुकुमबासी बस्तीमा अस्थायी घर टहरा (बाँस, जस्तापाता) लगायतको भएपनि गैरीगाउँमा पक्की भवनहरु समेत भएकोले जनशक्ति थपेर डोजर चलाउने महानगर प्रहरीले जनाएको छ ।

थापाथलीमा सडक विभागको २ वटा र महानगरपालिकाको २ वटा गरी ४ वटा डोजरहरू चलेको थियो । पछि थप २ स्क्याभेटर समेत ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्