लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउन माग गर्दै सर्बोच्चमा रिट
काठमाडौं,८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

अधिवक्ता आयुष बडालसहितले उक्त रिट पेस गरेको तीन दिन भइसके पनि दर्ता भने भएको छैन ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले रिट निवेदन पेस भए पनि अध्ययनकै क्रममा रहेको जानकारी दिए । अध्ययन गरेपछि मात्र रिट निवेदन दर्ता हुने वा नहुने भन्ने विषयमा निर्णय हुने उनले बताए ।
सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वतः निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रूपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर रिट निवेदन पेस भएको हो ।

