अतिक्रमित जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले निकाल्यो ३५ दिने सूचना



काठमाडाैं,४ बैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ मा विश्वविद्यालय र अन्तर्गतका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति व्यक्ति, कम्पनी, सङ्घ–संस्था वा निकायले विश्वविद्यालयको ऐन, नियम तथा कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको उल्लेख गरिएकाे हाे । त्यस्ता अतिक्रमण उल्लेख भएका र नभएका जग्गा खाली गरी आधिकारिक रूपमा फिर्ता गर्न त्रिविले शुक्रबार सूचना जारी गर्दै आग्रह गरेको हो ।

सरकार वा दाताहरूले शैक्षिक विकासका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोगाधिकारका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्ति सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र खाली गरीरगराई विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्नरगराउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको उल्लेख छ । अटेरी गरेमा नियम अनुसार अघि बढ्ने जारी सूचनामा भनिएकाे छ।

त्रिवि कार्यकारी परिषद्को गगचैत २३ गतेको निर्णय अनुसार सूचना प्रकाशन भएकाे हो । सरकारले गठन गरेको खोजबिन समितिले त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्