रास्वपाका मन्त्री र सांसदहरुलाई तोकियो लेबी,स्वकीय सचिवले पनि बुझाउनुपर्ने
काठमाडौँ,३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र सांसदहरुलाई मासिक लेबी तोकिएको छ । पार्टी संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँटसंगै सांसदहरूका लागि मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूका लागि १८ हजार रूपैयाँ लेबी तोकिएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक र दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई सचेतक चयन गरेको जनाइएको छ ।
यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रूपैयाँ लेबी तोकिएको छ । भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

