१३ दिनमै पदमुक्त भए श्रममन्त्री, स्वास्थ्यमन्त्री निशा मेहतालाई गराइयो सचेत



काठमाडौं,२६ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले सचेत गराएका हुन् ।

सभापतिको सिफारिसमा मन्त्रीलाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन् ।

“यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,” पत्रमा भनिएको छ ।

पदमुक्त गरिएका साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेका थिए। उनको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उनलाई प्रधानमन्त्रीले हटाएका हुन्। उनी १३ दिनअघि मन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्