बाँदर आतंकबारे प्रतिनिधि सभामा उठ्यो कुरा,नियन्त्रणका लागि बजेट छुट्याउँन माग
काठमाडौँ, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण आवश्यक रहेको र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद लामिछानेले नुवाकोट लगायतका जिल्लामा बाँदरले बालीनाली ध्वस्त पारेको भन्दै नियन्त्रणका लागि अत्यावश्यक देखिएको बताए ।
बाँदर नियन्त्रणका लागि बन्ध्याकरण अत्यावश्यक रहेको भन्दै उनले बजेट विनियोजन गर्न माग गरेका हुन् । उनले मानव र जंगली जनावरबिच द्वन्द्व निम्तिएको भन्दै त्यसलाई रोक्न पनि बजेट विनियोजन गर्न माग गरे ।

