यसरी गरे पुराना चार दलले राष्ट्रिय सभामा भागबन्डा
काठमाडौं,२२ चैत । प्रतिनिधि सभामा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र रहेका बेला माथिल्लो सदन राष्ट्रिय सभामा चार दलले भागबन्डा गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपाले राष्ट्रिय सभाअन्तर्गतका विभिन्न पदमा भागबन्डा गरेका हुन् । भागबन्डाअनुसार एमालेबाट लीला भण्डारीलाई उपाध्यक्ष बनाइँदैछ।
उता पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको सभापति लिने भएको छ। जसअुनसार कांग्रेसले विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको सभापति लिने सहमति भएको हो ।
उता नेकपाले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पद लिने सहमति भएको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको सभापति लिनेगरी चार दलले सहमति जुटाएका छन् ।

