कांग्रेसले चैत २४ गते संसदीय दलको नेता चुन्ने
काठमाडौँ, २० चैत । नेपाली काँग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन मिति निर्धारण गर्नुका साथै निर्वाचन प्रक्रिया सञ्चालनका लागि समिति पनि गठन गरेको छ।

निर्वाचन समितिको संयोजकमा सहमहामन्त्री प्रकाश रसाइलीलाई जिम्मेवारी दिइएको छ भने सदस्यमा मुना भुसाल र राजु कटुवाल रहेका छन्।
संसदीय दलको नेताको प्रतिस्पर्धामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी प्रस्तुत गरेका छन्।

