हाजिरी जमानीमा रिहा भए काठमाडौंका पूर्व सीडिओ रिजाल



काठमाडौं,१७ चैत । काठमाडौं जिल्लाका पूर्व सीडिओ छबि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा रिजाल मंगलबार बिहान पक्राउ परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा उनी काठमाडौंका सीडीओ थिए। त्यतिबेला प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको भन्दै कार्की आयोगले रिजालमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

कार्की आयोगको सिफारिसकै आधारमा प्रहरीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्